'एक्स-मेन डार्क फोनिक्स' अमेरिकी घरेलु वक्सअफिसमा फ्लप भएको छ। सिनेमाले सप्ताहन्तमा अघिल्ला फ्रान्चाइजको दाँजोमा न्यून कारोबार गरेको छ। सिनेमाले सुरूवाती सप्ताहन्तमा ३२.८ मिलियन अमेरिकी डलर कमाइ गरेको छ।
सिनेमा असफल भएको जिम्मा निर्देशक सिमोन किनवर्गले लिएका छन्।
'सिनेमा दर्शकसँग जोडिएन, स्पष्टरूपमा यसले दर्शकलाई छोएन। म यसको जिम्मा लिन्छु', निर्देशक किनवर्गले भने।
सिनेमा असफल भएको स्वीकार गरेका किनवर्गले रिलिजका बेलामा सिनेमाले अप्ठ्यारो भोगेको पनि बताए।
'हामीले रिलिजका लागि कठिन मिति पायौं। यो अरू क्लासिक्ल सुपरहिरो सिनेमा जसरी बनाइएको पनि होइन, अझ भन्नुपर्दा यसलाई सानो, ड्रामाटिक र दर्शक नजिक रहोस् भनेर बनाइएको सिनेमा हो', उनले भने, ' सुरूमा यो नेभेम्बरमा रिलिज हुनेवाला थियो, त्यसपछि फेब्रुअरीमा पुग्यो। मलाई लाग्छ त्यो मिति नै सिनेमा रिलिजका लागि उपयूक्त मिति थियो।'