नेटली पोर्टम्यान पहिलो महिला 'थोर' सुपरहिरो बन्ने भएकी छन्।
उनी अमेरिकन सुपरहिरो 'थोर'को आगामी सिरिज 'थोरःलभ एण्ड थन्डर' बन्न लागेकी हुन्।
सिनेमालाई टाइका वाइटिटीले निर्देशन गर्दैछन्। यस फ्रान्चाइजमा यो चौथो सिनेमा हो।
सिनेमाको पहिलो फ्रान्चाइज सन् २०११ मा आएको थियो। त्यसपछि यसका दुई संस्करणहरू क्रमशः सन् २०१३ र १७ मा रिलिज भएका थिए।
सिनेमामा अनुबन्धित भएपछि पोर्टम्यान सिनेमामा पुनः फर्किन पाउँदा खुशी लागेको बताएकी छन्। सिनेमाका पहिलो दुई संस्करणमा उनले अभिनय गरेकी थिइन्।
सिनेमा सन् २०२१ को नोभेम्बर ५ मा रिलिज हुनेछ।