दुई ठूला सिनेमा 'मिसन मंगल' र 'बाटला हाउस' एकसाथ रिलिज हुने भएपछि प्रभास स्टारर 'साहो' अगस्ट १५ बाट अगस्ट ३० को नयाँ मितिमा सर्यो।
यस्तोमा धेरैलाई चासो थियो अक्षय कुमार र अक्षय कुमारको भिडन्त वक्सअफिसमा कस्तो होला? तर यो भिडन्तमा हलिउडका ठूला स्टार अभिनित वर्षको प्रतिक्षित मानिएको सिनेमा रिलिज हुनेभएको छ।
क्वीन्टन टारेन्टिनोको ९ औं निर्देशन 'वान्स अपन अ टाइम हलिउड'ले भारतमा यहि मितिमा रिलिज हुने घोषणा गरेको छ। पछिल्लो समय हलिउड सिनेमाहरूले भारतमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेका छन्। यस्तोमा यो सिनेमाको रिलिजले दुई बलिउड सिनेमाको व्यापारलाई असर गर्ने अनुमान छ।
सोनी पिक्चर्सले मंगलबार हलिउड सिनेमा अगस्ट १५ मा रिलिज हुने घोषणा गरेको हो।
यस्तै यहि मितिमा नेटफ्लिक्सको चर्चित भारतीय सिरिज 'सेक्रेड गेम्स २' पनि यहि मितिमा रिलिज हुँदैछ।
'वान्स अपन अ टाइम इन हलिउड'मा लियोनार्दो डि क्याप्रियो तथा ब्राड पिट मूख्य भूमिकामा रहेका छन्। यी दुबै स्टार भारतमा लोकप्रिय छन्, त्यसैले यी सिनेमाले अक्षय र जोनलाई राम्रो टक्कर दिने अनुमान छ।
यो सिनेमा अभिनेता शारोन टेट र अन्य ३ अभिनेताको हत्यामा आधारित रहेको छ। सिनेमाको सोमबार अमेरिकामा प्रिमियर गरिएको थियो।
भारतमा अगस्ट १५ मा रिलिज हुने सिनेमा हलिउडको घरेलु वक्सअफिसमा भने जुलाई २६ मा रिलिज हुनेछ।