जेम्स बोन्ड सिरिजको पछिल्लो सिनेमा 'नो टाइम टु डाइ'को ट्रेलर रिलिज भएको छ।
बिहीबार ट्रेलर रिलिज भएको हो। यसअघि बुधबार फिल्मको टिजर रिलिज गरिएको थियो।
यो जेम्स बोन्ड सिरिजको २५ औं सिनेमा हो।
सिनेमामा ड्यानियल क्रेग पाँचौं पटक जेम्स बोन्ड बनेका छन्।
उनले जेम्स बोन्डका रूपमा यो आफ्नो अन्तिम सिनेमा हुने बताइसकेका छन्।
सिनेमामा क्रेगका अलावा रामी मलेक, जेफ्रे राइट, रालफ फेनिस तथा नाओमी ह्यारिसको अभिनय रहेको छ।
सिनेमालाई क्यारी जोजी फुकुनागाले निर्देशन गरेका हुन्।
सिनेमा अप्रिल ३ मा रिलिज हुनेछ।