संयूक्त अधिराज्य अमेरिकाको बेभरी हिल्टन होटलमा भर्खरै सम्पन्न गोल्डेन ग्लोब्स अवार्डमा साम मेन्डिस निर्देशित ‘१९१७’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। ‘१९१७’ले ड्रामातर्फको अवार्ड हात पारेको हो ।
यसैगरी म्यूजिकल वा कमेडीतर्फको अवार्ड भने लियोनार्दो डि क्याप्रियो तथा ब्राड पिट स्टारर ‘वानस अपन अ टाइम इन हलिउड’ले जितेको छ।
यसैगरी सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘१९१७’बाट साम मेन्डिसले जिते।
त्यसैगरी ‘द प्यारासाइट’ले सर्वोत्कृष्ट विदेशी भाषाको सिनेमा घोषित हुँदा ‘वान्स अपन अ टाइम इन हलिउड’ले उत्कृष्ट पटकथाको अवार्ड जितेको छ।
यस्तै ड्रामातर्फको सर्वोत्कृष्ट अभिनेत्री तथा अभिनेताको अवार्ड क्रमशः रेनी जेलवेगर र जक्वीन फनिक्सले ‘जुडी’ तथा ‘जोकर’बाट जितेका छन् भने ‘म्यूजिकल वा कमेडी’तर्फको अवार्ड भने अक्वाफिनाले ‘द फेयरवेल’बाट जितेकी छन् भने टारोन एगर्टनले ‘रकेटम्यान’बाट जितेका छन्।
यस्तै सहायक भूमिका लागि ‘वान्स अपन अ टाइम इन हलिउड’बाट ब्राट पिटले अवार्ड जित्दा अभिनेत्रीतर्फको अवार्ड भने ‘म्यारिज स्टोरी’बाट लाउरा डेर्नले जितेकी छन्।
यसैगरी एनिमेसनतर्फ भने ‘मिसिङ लिकं’ सर्वोत्कृष्ट भएको छ।