चर्चित फ्रान्चाइज 'जेम्स वोन्ड' कहिले पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन्।
बोन्ड रंगका बारेमा विकल्प खुल्ला भएपनि महिला नहुनेमा आफूहरु स्पष्ट भएको उनको भनाइ छ। उनले त्यसका लागि कुनै अवसर नहुने बताइन्।
'ऊ जुनकुनै रंगको हुनसक्छ तर पुरुष हुनुपर्छ। महिला पात्रको भूमिकालाई नयाँ र बलियो बनाउनुपर्छ भन्ने मेरो बुझाइ छ तर पुरुष पात्रको सट्टामा महिलालाई खेलाउने कुरा मेरो कुनै रुचि छैन। मेरो विचारमा महिलाहरु त्यो भन्दा धेरै नै रुचिकर छन्', भेराइटीलाई दिएको विस्तृत अन्वार्तामा उनले भनिन्।
नयाँ बोन्डमा अभिनेता इद्रिस एल्बाको चर्चा हुँदै आएको छ।
वोन्ड श्रृखंलाको २५ औं सिनेमा 'नो टाइम टु डाई' अप्रिलमा रिलिज हुँदैछ। यो सिनेमामा ड्यानियल क्रेग पाँचौ तथा अन्तिम वोन्ड सिनेमा हो।
यसका अलावा यो सिनेमा पहिलोपटक कुनै अमेरिकी निर्देशकको निर्देशनमा तयार भएको हो। यसपटक वोन्ड सिनेमाको इतिहासमा यसको थिम सङमा पहिलो पटक कम उमेरकी गायिकालाई मौका दिइएको छ।
क्यारी जोजी फुकुनागा निर्देशित सिनेमाको 'थिम संग'मा बिली इलिशको स्वर रहनेछ।