हलिउड अभिनेता जोनी डिपका प्रशंसकहरूले उनकी पूर्वपत्नीमाथि कारवाहीको माग गरेका छन्।
हालै सार्वजनिक भएको एक भिडिओमा जोनकी पूर्वपत्नी एम्बर हर्डले जोनीलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको स्वीकार गरेको खुलासा भएपछि उनीहरुले त्यस्तो माग गरेका हुन्।
घटना सार्वजनिक भएपछि जोनीका फ्यानहरुले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग(जस्टिस फर जोनी डेप) नै चलाएका छन् जुन हाल ट्रेण्डिङमा समेत रहेको छ।
डेलीमेलमा प्रकाशित रिपोर्टमा एम्बरले जोनीलाई प्यान र अन्य भाँडाले थुप्रै पटक हानेको कुरा स्वीकार गरेको सुन्न सकिन्छ।
'मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमीलाई मैले हाने र त्यो मुक्का थिएन, बेबी तिमीलाई मुक्का हानिएको छैन', सो अडियो, उनले भनेको सुनिन्छ।
'मलाई थाहा छैन मेरो हात किन त्यस्तरी चले तर तिमीलाई ठीक छ, मैले तिमीलाई कुनै चोट पुर्याइन। मैले मुक्का हानिन्,मैले तिमीलाई हिर्काइरहें।'
यो एम्बरको अनुमतिमा दुई घण्टा लामो थेरापी अन्तरगत उनको फोनमा गरिएको रेकर्डबाट सार्वजनिक भएको हो।
सो अडिओमा जोनीको पनि आवाज छ।
'म हिजो राती निस्कन पर्यो। इमानदारिताका साथ तिम्रो कसम खाएर भन्छु मैले तिमीले त्यसरी देखाएको व्यवहारलाई लिनै सकिन। त्यो एकअर्काप्रति अति नै थियो। किनकी हामीले त्यसलाई निरन्तरता दिएको भए, त्यो अझै नराम्रो हुन सक्थ्यो। र बेबी मैले तिमीलाई पहिला पनि भनेको थिएँ मलाई मृत्युसँग डर लाग्छ, अहिले हामी एउटा अपराधस्थलमा छौं', सो अडिओमा जोनले भनेका छन्।
'मैले तिमीमाथि प्यान र भाँडाहरुले हानेभन्दैमा तिमीले मेरो ढोका ढक्ढकाउन मिल्दैन भन्ने होइन', सो अडिओमा एम्बरको जवाफ सुनिन्छ।
त्यसपछि जोनले आफूलाई हानिएको फूलदानी आफ्नो साथमा रहेको बताउँछन्।
सोको जवाफ एम्बरले 'फुलदानी छ भन्दैमा आएर ढोका ढक्ढकाउन पाइदैन' भनेर जवाफ फर्काएकी छिन्।
'साँच्चै, मैले तिमीलाई हिर्काउँन दिनुपर्थ्यो? तिमीलाई आजसम्म मैले केहीले हानेको छु भने त्यो अस्ट्रेलियामा तिमीले क्यानले हिर्काएको बेलामात्र हो', जोनीले एम्बरलाई जवाफमा भन्छन्।
जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेदपछि एम्बरले वासिङटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तरवार्ता दिएकी थिइन्।
सो अन्तरवार्तापछि सन् २०१८ मा जोनीले आफ्नो मानहानी भएको भन्दै पूर्वपत्नी एम्बरविरुद्ध ५० मिलियन अमेरिकी डलरको मानहानी मुद्दा दायर गरेका थिए।
त्यसपछि सन् २०१९ को नोभेम्बरमा एम्बरले आफ्ना पूर्वपति जोनीको स्वतन्त्र मानसिक जाँच हुनुपर्ने माग राखेकी थिइन। उनले जोनीले खाने लागुऔषध, रक्सी तथा सिफारिस गरिएका औषधिका कारण आफूमाथि दुर्व्यबहार गराएको भन्दै सो माग गरेकी थिइन्।