हाल अमेरिकामा जारी एकेडेमी अवार्डस्मा ओस्कारमा हलिउड अभिनेता ब्राड पिटले पहिलो पटक ओस्कार जितेका छन्।
उनी क्वेन्टिन टेरान्टिनो निर्देशित 'वान्स अपन अ टाइम इन हलिउड' सिनेमा बाट उत्कृष्ट सह-अभिनेताको मनोनयनमा परेका थिए।
यसैगरी यस वर्ष सर्वाधिक चर्चामा रहेको दक्षिण कोरियाली सिनेमा 'प्यारासाइट'ले विदेशी भाषा तर्फको सिनेमाको अवार्ड जितेको छ।
यी दुबै विधामा ब्राड र 'प्यारासाइट'ले कब्जा जमाउने अनुमान गरिदैं आइएको थियो।
जारी ओस्कारमा 'जोकर' सिनेमा सर्वाधिक ११ विधामा मनोनित छ।
'जोकर' उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको छ
यसैगरी 'द आइरिसम्यान', १९१७' तथा 'वान्स अपन अ टाइम इन हलिउड' समान १०-१० विधामा मनोनयनमा परेका छन्।
उत्कृष्ट सिनेमाको सूचिमा 'जोकर'सँगै 'द आइरिसम्यान', '१९१७', 'प्यारासाइट', 'वान्स अपन अ टाइम', 'फोर्ड भर्सेज फरारी', 'जोजो र्याबिट', 'लिटल उमन' र 'म्यारिज स्टोरी' प्रतिष्पर्धामा छन्।
यसैगरी उत्कृष्ट अभिनेतातर्फ 'जोकर'का जोओकिन फिनिक्ससँगै 'म्यारिज स्टोरी'बाट एडम ड्राइभर, वान्स अपन अ टाइम'बाट लियोनार्दो डि क्याप्रियो', 'पेन एण्ड ग्लोरी'बाट एन्टोनियो बेन्डरस र 'द टुपोप्स'बाट जोनाथन प्राइस छन्।
यसैगरी अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन्।