जेम्स बोन्ड सिनेमाको पछिल्लो पाँच श्रृखंलामा काम गरेका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले मरोणोप्रान्त आफ्नो सम्पति सन्तानका नछोडी दान गर्ने बताएका छन्।
उनले बाँचुञ्जेल भव्य जीवन बाँच्ने र त्यसपछि बाँकी रहेको सम्पति दान गर्ने बताएका हुन्।
क्रेगसँग कुल १ सय ४५ मिलियन अमेरिकी डलर बराबरको सम्पती रहेको छ।
उनले 'कि खर्च गरेर सक वा मर्नुअघि दान गर' भन्ने आफ्नो आदर्श रहेकाले यस्तो गर्न लागेको बताएका हुन्।
'म आगामी पुस्तालाई ठूलो सम्पति छोड्न चाहन्न। मलाई लाग्छ उत्तराधिकार छाड्नु दुखद् कुरा हो', उनले भने।
५२ वर्षिय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २८ वर्षिय छोरी छिन् भने हालकी पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन्।
क्रेगले पछिल्लो बोन्ड सिनेमा 'नो टाइम दु डाइ' आफ्नो अन्तिम बोन्ड सिनेमा हुने बताइसकेका छन्।