'अमेरिकन आइडल'को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट २० मा परेका छन्।
आयोजक 'अमेरिकन आइडल'ले हिजो अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको हो।
२१ वर्षीय दिवेश कार्यक्रममा 'आर्थर गन'को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।
टप-२० मा पुगेका दिवेशको प्रस्तुति हेर्न उनको परिवार पनि कार्यक्रममा पुगेको थियो। कार्यक्रममा यसपटक उनले बब मार्लीको 'इज दिस लभ' बोलको गीत गाएर सुनाएका थिए।
उनलाई टप २० प्रतियोगी घोषित गर्नुअघि शोका निर्णायकमध्येका एक लाइनल रिचीले दिवेश अडिसनमा आउँदा आफूहरूले उनीबाट 'के आश गर्ने' भन्ने नसोचेको बताए।
'त्यसपछि तिमीले आफ्नो मुख खोल्यौ। अनि तिमीले तुरुन्तै परिचय पायौं' अमेरिकन आइडलले जारी गरेको भिडिओमा रिचीले भनेका छन्।
सो भिडियोमा रिचीले टप-२० को सूचि निकाल्नु आफैमा कठिन भएपनि दिवेशलाई छान्न सबैभन्दा सजिलो भएको बताएका छन्।
'तिमी हाम्रो चम्किलो तारा हौं', रिचीले टप-२० मा छनौट भएको निर्णय सुनाउँदै भिडिओमा भनेका छन्।
'टप-२०'मा परे पछि उनले आफूलाई अचम्म लागेको प्रतिक्रिया दिए।
'टप-२०' सार्वजनिक गरेसँगै आइडल केही समयका लागि रोकिएको छ। अमेरिकामा बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै आइडल रोकिएको हो।
प्रतियोगीहरूलाई आयोजकहरूले घर पठाएका छन्।