बलात्कार आरोपमा दोषी ठहर भएपछि जेल सजाय काटिरहेका हलिउड फिल्म निर्माता हार्वी वाइनस्टिन कोरोना भाइरस मुक्त भएका छन्।
उनका प्रवक्ताले उनमा कुनै लक्षण देखा नपरेको हार्वीका प्रवक्ताले बताएका हुन्।
उनलाई दुई साता अघि सुधार कार्यालयका एक अधिकारीले कोरोना भाइरस भएको पुष्टि गरेका थिए।
‘उनको परिक्षण भएको १४ दिन भयो। उनका कुनै पनि लक्षण देखिएको छैन। त्यसैले कुनै समस्या पनि छैन’, वाइनस्टिन प्रवक्ता जुडा एन्जलमेयरले रोयटर्सलाई भनेका छन्।
६८ वर्षीय वाइस्टिनलाई उनका पुर्व सहायक निर्माता मिमी हेलेइलाई यौन दुव्र्यवहार गरेको र अभिनेत्री जेसिका मानलाई बलात्कार गरेको अभियोगमा मार्च ११ मा २३ वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई न्यू योर्क शहरको राइकर्स टापु जेलमा राखिएको छ।
उनका एक वकिल इमरान अन्सारीका वाइनस्टिनको स्वास्थ्यबारे टिप्पणी गर्न अस्वीकार गरेपनि वाइनस्टिन जेलको मेडिकल इकाइमा रहेको जानकारी भने दिएका छन्।
वेन्डे आउनु अगावै हार्वीको विभिन्न रोगको उपचार हुँदै आइरहेको थियो।