अमेरिकामा जारी गायन रियालिटी शो 'अमेरिकन आइडल'को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल अन्तिम २ मा पुगेका छन्।
कार्यक्रममा उनी आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।
यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको 'आइ डोन्ट वान्ट टु बि' बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए।
दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनी वेस्ट पुगेका थिए।
प्रतियोगिताको अन्तिम दुईमा पुगेका दिवेशले दुई वटा प्रस्तुति दिनेछन्।
नयाँ आइडल छनौटका लागि एक घण्टासम्मका लागि भोटिङ् खुल्ला गरिएको छ। यसमा सबैभन्दा बढी भोट ल्याउने प्रतिष्पर्धी नयाँ अमेरिकन आइडल बन्नेछन्।