ब्रिटिस स्पाइ थ्रिलर सिनेमा 'नो टाइम टु डाइ'को रिलिज मिति पुनः पर धकेलिएको छ।
इयोन फ्लेमिङको जासुसी उपन्यास 'जेम्स बोन्ड'को सोही नामको पात्रामा आधारित सिनेमाले विश्वमा जारी कोरोना भाइरस महामारीले सिनेमाको हलको व्यापारलाई प्रभावित गर्ने भएकाले पूर्व निर्धारित रिलिज मिति सारेको हो।
निर्माण कम्पनी एमजिएम, युनिभर्सल स्टुडियो र बोन्डका निर्माताहरूले ट्विट गर्दै सिनेमा आगामी वर्षको अप्रिल २ मा रिलिज हुने बताएका छन्।
फ्रान्चाइज अन्तरगतको २५ औं सिनेमा यसै वर्षको अप्रिलमा रिलिज हुने तय भएको थियो।
पछि कोरोनाको महामारी सुरू भएपछि यसको रिलिज बेलायतमा नोभेम्बर १२ बटा र अमेरिकामा नोभेम्बर २२ बाट हुने तय भएको थियो।
यो फ्रान्चाइजमा अभिनेता ड्यानियल क्रेग अन्तिमपटक बोन्डको भूमिकामा देखिदैंछन्।
अन्य ठूला स्टुडियोले पनि बितेका साता आफ्ना पूर्व निर्धारित सिनेमाको रिलिज मिति सारिसकेका छन्।