स्कटिस अभिनेता सर शन कन्नेरीको निधन भएको छ।
९० वर्षको उमेरमा गएराति बहमासमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
उनी विगत केही समयदेखि अस्वस्थ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
जेम्स बोन्डको भूमिकामा उनी चर्चित थिए।
आफ्नो फिल्मी करिअरमा ओस्कार, द बाफ्टा पुरस्कार र थ्री गोल्डेन ग्लोब्सबाट उनी पुरस्कृत भएका थिए।
उनी सन् १९५४ देखि २००८ सम्म कला क्षेत्रमा सक्रिय थिए। उनले सन् १९६२ देखि १९८३ बीचमा सात बोन्ड फिल्ममा काम गरेका थिए।