विश्व चर्चित कोरियाली निर्देशक किम कि दुकको ५९ वर्षको उमेरमा निधन भएको छ। भेराइटी पत्रिकाका अनुसार, कोरोना भाइरस संक्रमणको उपचार गर्ने क्रममा शुक्रबार दक्षिण कोरियाको लाट्भियन अस्पतालमा उनको निधन भएको हो।
डार्क तर दार्शनिक फिल्म बनाएर किमले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका थिए। उनका स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ, थ्रि आइरन, पियता, टाइम, ब्रेथ, ब्याड गाइ जस्ता थुप्रै फिल्म चर्चित छन् ।
दक्षिण कोरियाको बोङ्घवामा सन् १९६० मा जन्मेका किमको पहिलो फिल्म १९९६ मा सार्वजनिक 'क्रोकोडाइल' हो। अढाइ दशक लामो निर्देशन यात्रामा उनका फिल्महरुले कान फिल्म फेस्टिभल, बर्लिन इन्टरनेसल फिल्म फेस्टिभल, भेनिस फेस्टिभल जस्ता प्रतिष्ठित महोत्सवहरुमा प्रदर्शन भएका छन्।
ती महोत्सवमा उनका फिल्महरुले कयौं पुरस्कार पनि जितेका छन्।