यस वर्षको ६२ औँ ‘ग्रामी अवार्ड’ सम्पन्न भएको छ। आइतबार भएको समारोहमा ८४ वटा विधामा छुट्याइएको थियो जसमा विभिन्न विधाका गीत, संगीत तथा एल्बमलाई पुरस्कृत गरिएको छ।
सन् २०२१ को ग्रामी अवार्डमा गायिका वियोन्सेले ग्रामीमा नयाँ रेकर्ड बनाएकी छिन्। उनी २८ वटा ग्रामी अवार्ड जितेर ग्रामी इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने महिला कलाकार बनेकी छन्।
हिन्दुस्तान टाइम्सका अनुसार वियोन्सेले ३९ वर्षीय वियोन्सेले अमेरिकी गायिका एलिसन क्राउसलाई पछि पार्दै नयाँ रेकर्ड बनाएकी हुन्। एलिसन क्राउसले हालसम्म २७ वटा ग्रामी अवार्ड जितेकी छिन्। वियोन्सेको ‘ब्ल्याक प्यारेड’ गीतले सर्वश्रेष्ठ आर एन्ड बी पर्फर्मेन्स जितेको थियो। उनको र र्यापर मेगन थी स्ट्यालियनको अर्को ‘स्याभेज’ पनि ग्रामीमा मनोनित भएको थियो।
यसै गरी गायिका टेलर स्विफ्ट तीन पटक 'एल्बम अफ द इयर’को ग्रामी अवार्ड जित्ने पहिलो महिला कलाकार बनेकी छन्। सन् २०२० मा रिलिज भएको उनको एल्बम ‘फोकलोर’ले सो श्रेणीमा अवार्ड पाएपछि टेलरले पनि नयाँ रेकर्ड बनाएकी हुन्। ग्रामी अवार्ड पाएका उनका अन्य दुई एल्बम सन् २०१० मा रिलिज भएको ‘फियरलेस’ र सन् २०१६ मा रिलिज भएको ‘१९८९’ हो।
अहिलेसम्म पुरुष गायक स्टिभ वन्डर, फ्रैंक सिनाट्रा र पल साइमनले मात्र तीन पटक ग्रामीको ‘एल्बम अफ द एयर’ अवार्ड जितेका छन्। यसपटकको ग्रामी अवार्डमा अमेरिकी र्यापर मेगन थी स्ट्यालियन उत्कृष्ट र्याप गीत अवार्ड जित्ने पहिलो महिला कलाकार बनेकी छिन्।
ग्रामी अवार्डका महत्वपूर्ण विधा विजेताहरुको सूची यस्तो छ:
रेकर्ड अफ द एयर- बिल्ली आइलिस (एभ्रीथिङ आइ वान्टेड)
एल्बम अफ द एयर- टेलर स्विफ्ट (फोकलोर)
सङ अफ द एयर- डरनिस्ट इमाइल र टायरा थोमस (आइ कान्ट ब्रिथ र एचइआर)
उत्कृष्ट आर एण्ड बी पर्फर्मेन्स- वियोन्से ब्ल्याक प्यारेड
उत्कृष्ट पप भोकल एल्बम- डुआ लिपा (फ्युयुचर नोसटाल्जिया)
उत्कृष्ट र्याप गीत- मेगन थी स्ट्यालियन (स्याभेज)
उत्कृष्ट पप एकल प्रफर्मेन्स- ह्यारी स्टाइल वाटरमेलन (सुगर)
उत्कृष्ट नयाँ कलाकार- मेगन थी स्ट्यालियन
उत्कृष्ट रक एल्बम- द न्यु एबनर्मल (द स्ट्रोक्स)
उत्कृष्ट र्याप एल्बम- (किङ्स डिजिस)
नास उत्कृष्ट कमेडी एल्बम- (ब्याल्क मिट्भा)
टिफानी हाडिस उत्कृष्ट प्रोड्युसर, नन क्लासिक - (एन्ड्रियु वाट)
उत्कृष्ट म्युजिक भिडिओ- ब्राउन स्किन गर्ल, (बियोन्से विथ ब्लु एभी)
उत्कृष्ट म्युजिक फिल्म- लिन्डा रोन्स्टाडः द साउन्ड अफ माइ भ्वाइस (लिन्डा रोन्स्टाड)
ग्रामी अवार्ड समारोह अमेरिकी हास्य कलाकार तथा टक शो प्रस्तोता ट्रेभर नोहाले होस्ट गरेका थिए। अवार्ड कार्यक्रम कोभिड-१९ का कारण पटक पटक पर धकेलिएको थियो।