क्लोई जाओ निर्देशित 'नोम्याडल्यान्ड' ले ९३ औं ओस्करमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री गरी तीन महत्वपूर्ण अवार्ड जितेको छ।
निर्देशक जाओ अस्करको ९३ वर्ष लामो इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला बनेकी छन्। अस्कर जित्ने उनी पहिलो गैरश्वेत महिला पनि हुन्।
६ विधामा मनोनित 'नोम्याडल्यान्ड'बाट फ्रान्सेस म्याकडोरमेन्डलाई उत्कृष्ट अभिनेत्री र 'द फादर'का लागि ८३ वर्षीय एन्थोनी हप्किन्सलाई उत्कृष्ट अभिनेता घोषित गरियो। 'मिनारी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड कोरियाकी यो जङ उङले जितिन्। 'जुडस एन्ड द ब्ल्याक मसाया' बाट ड्यानियल कलुया उत्कृष्ट सह-अभिनेता बन्न सफल रहे।
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म डेनमार्कको 'एनदर राउन्ड' ले जित्यो। 'मा रेनेज ब्ल्याक बटम'बाट मिया निल र जमैका विल्सनले उत्कृष्ट मेकअप र हेयर स्टाइलका अस्कर जित्ने कालो वर्णका पहिलो महिला बनेर इतिहास रचे।
हलिउडको डल्बी थिएटर र लस एन्जलसको युनियन स्टेसनमा सीमित अतिथिको उपस्थितिमा नेपाली समयअनुसार आज सोमबार बिहान अवार्ड समारोह सम्पन्न भएको हो।
हेर्नुस् अस्कर विजेता सूची :
उत्कृष्ट फिल्म
नोम्याडल्यान्ड
निर्देशक
क्लोई चाउ (नोम्याडल्यान्ड)
उत्कृष्ट अभिनेता
एन्थोनी हप्किन्स (द फादर)
उत्कृष्ट सह-अभिनेता
ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री
फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
उत्कृष्ट सह-अभिनेत्री
यो जङ उङ (मिनारी)
सिनेम्याटोग्राफी
म्यांक
उत्कृष्ट ओरिजिनल स्क्रिन प्ले
योङ प्रोमिसिङ वुमन
कस्ट्युम डिजाइन
मा रेनिज ब्ल्याक बटम
डकुमेन्ट्री फिचर
माई अक्टोपस टिचर
डकुमेन्ट्री सर्ट सब्जेक्ट
कलेट
फिल्म सम्पादन
साउन्ड अफ मेटल
अन्तर्राष्ट्रिय फिचर फिल्म
एनोदर राउन्ड (डेनमार्क)
मेकअप एण्ड हेयर स्टाइलिङ
मा रेनिज ब्ल्याक बटम
उत्कृष्ट संगीत
सोल
एनिमेटेड फिचर फिल्म
सोल
उत्कृष्ट गीत
फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसिहा)
प्रोडक्सन डिजाइन
म्यांक
उत्कृष्ट ध्वनि
साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स
टेनेट
सर्ट फिल्म (एनिमेटेड)
इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
सर्ट फिल्म (लाइभ एक्सन)
द टु डिस्टेन्ट स्ट्रेन्जर्स