सेलिब्रेटी जीवन जति आकर्षक र आरामदायी देखिन्छ, यथार्थ त्यस्तो हुँदैन। चर्चित व्यक्ति भएपछि धेरैले आफ्नो व्यक्तिगत जीवन गुमाउनु पर्छ। आफ्नो कामले गर्दा उनीहरुले प्रशंसा मात्र पाउँदैनन्। आलोचना, गाली र धम्कीको ओइरो पनि सहनु पर्छ।
विश्व चर्चित गायिका एरियाना ग्रान्डे अहिले यस्तै समस्याको शिकार भएकी छिन्। हालै उनले सामाजिक सञ्जालमा एउटा डरलाग्दो घटना खुलासा गरेकी छिन्।
एरियानाका अनुसार एक व्यक्तिले उनको घर पसेर उनका सुरक्षाकर्मी र उनलाई मार्ने धम्की दिएका थिए। ती व्यक्तिले उनलाई पछिल्ला केही महिनादेखि पछ्याइरहेका थिए र उनलाई पटक-पटक मार्ने धम्की पनि दिएको बताउँछिन्।
टिएमजेडका अनुसार एरियानालाई मार्ने धम्की ती व्यक्तिको नाम हरोन ब्राउन हो। ब्राउनले सात महिनाभन्दा अघिदेखि एरियानालाई मार्ने प्रयास गरिरहेका थिए, तर सेप्टेम्बर ९ मा भने उनी एक्लै घरमा भएको मौका पारेर चक्कुले हमला गर्न पसे।
ब्राउन ठूलो चक्कुले लिएर एरियानालाई मार्न घरभित्र छिरेका थिए। त्यहाँ सुरक्षाकर्मीले उनलाई रोक्न खोजिरहेका थिए तर ब्राउनले उनीहरुलाई पनि मार्ने धम्की दिन थालेको एरियानाले बताएकी छिन्।
त्यसपछि उनले प्रहरीलाई फोन गरेर बोलाइन्। ब्राउनलाई यसअघि पनि प्रहरीले धेरै पटक चेतावनी दिएको थियो र अहिले भने उनलाई हिरासतमा लिइएको छ। उनलाई दुई अपराधको आरोप लगाइएको छ।
‘म आफ्नो र मेरो परिवारको सुरक्षाबारे चिन्तित छु,’ एरियाना भन्छिन्, ‘यदि ब्राउन फेरी प्रहरीको हिरासतबाट छुटे भने उनी मेरो घर पसेर मलाई र मेरो परिवारका सदस्यलाई मार्न सक्छ।