अमेरिकाको लस भेगासको आयोजनामा सोमबार ६४ औं ग्रामी अवार्ड सम्पन्न भएको छ। फिल्मको संगीतको उत्कृष्ट मानिने ग्रामी अवार्डमा वर्षका उत्कृष्ट गीत-संगीतलाई अवार्ड दिइएको हो।
सिएनएनका अनुसार जोन बाटिस्टीको एल्बम ‘वी आर’ले सन् २०२२ को ग्रामी अवार्डमा ‘वर्षको उत्कृष्ट एल्बम’ जितेको छ।
ओलिभिया रोड्रिगोले नव कलाकार र ‘सावर’ एल्बमका लागि बेस्ट पप भोकल एल्बम विधा जितेकी छन्। सिल्क सोनिकको गीत ‘लिभ द डोर ओपन’ वर्ष उत्कृष्ट गीत घोषित भएको छ।
त्यस्तै, भारतीय संगीतकार रिकी केजले ग्रामी अवार्ड पाएको दैनिक जागरणले जनाएको छ। उनले बिटिश रक ब्यान्ड ‘द पुलिस’का ड्रमर स्टेवार्ट कोपल्याण्डसँग ‘उत्कृष्ट न्यू एज एल्बम’को अवार्ड पाएका हुन्। उनको एल्बम डिभाइन टाइड्सका लागि उक्त अवार्ड हात पारेका हुन्।
ग्रामी अवार्डका अवार्ड विजेताको सूचीः
उत्कृष्ट एल्बमः वी आर (जोन बाटिस्टी)
गीतः लिभ द डोर ओपन (सिल्क सोनिक)
रक गीतः फू फाइटर्स
नव कलाकारः ओलिभिया रोड्रिगो
न्यू एज एल्बमः रिकी केज
एकल प्रस्तुतिः ड्राइभर्स लाइसेन्स (ओलिभिया रोड्रिगो)
पप सामुहिक प्रस्तुतिः किस मी मोर
परम्परागत पप भोकल एल्बमः लभ फर सेल (टोनी बेनेट र लेडी गागा)
पप भोकल एल्बमः सावर (ओलिभिया रोड्रिगो)
इलेक्ट्रोनिक रेकर्डिङः अलाइभ
र्याप गीतः जेल
र्याप प्रस्तुुतिः फ्यामेली टाइज
निर्माताः ज्याक एन्टोनाफ
कमेडी एल्बमः सिन्सियरली
म्युजिक भिडिओः फ्रिडम
नृत्यः अलाइव
अमेरिकन एल्बमः नेटिव सन्स
ग्लोबल म्युजिक एल्बमः मदर नेचर
बाल एल्बम अवार्डः फाल्गुनी शाह