हलिउड अभिनेता अभिनेता विल स्मिथलाई १० वर्षको लागि ओस्करमा जान प्रतिबन्ध लगाइएको छ।
केही साताअघि भएको ओस्कार समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका स्मिथले समारोहमा आफ्नी श्रीमतीको मजाक उडाएको भन्दै कमेडियन क्रिसलाई स्टेजमै थप्पड हानेपछि एकेडेमीले कारबाही गरेको हो।
यो कारबाही पछि स्मिथ ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्षसम्म सहभागी हुन नपाउने भएका छन्।
एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेसका अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी ड्यान हडसनले एक विज्ञप्ति जारी गर्दै स्मिथमाथि अप्रिल ८, २०२२ देखि १० बर्षको प्रतिबन्ध लगाइएको उल्लेख जानकारी गराएका छन् ।
/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/UYGIHUFYNBKQXA745K2NLLIX2A.jpg)
शुक्रबार बसेको एकेडेमीको बैठकले कलाकार र अतिथिको सुरक्षामा एकेडेमी प्रतिबद्ध छ भन्ने विश्वास जगाउन स्मिथमाथि कारबाही गरेको जनाएको छ।
अभिनेता विल स्मिथले पनि एकेडेमीको निर्णय आफूले स्वीकार गर्ने बताएका छन्। यो घटनापछि विल स्मिथले क्रिस रकसँग माफीसमेत मागेका थिए। यस्तै अप्रिल १ मा उनले एकेडेमीको सदस्यबाट राजीनामा दिएका थिए।