चर्चित अमेरिकी पपगायिका रिहाना आमा बनेकी छन्। उनले छोरालाई जन्म दिएकी हुन्।
उनले मे १३ का दिन लस एन्जल्समा छोरालाई जन्म दिएको अमेरिकी सञ्चार माध्यममा उल्लेख छ। तर उनको छोराको नाम सार्वजनिक गरिएको छैन।
र्यापर रिकी रिहानाका प्रेमी तथा उनको छोराको बाबु हुन्। उनीहरूले विवाह गरेका छैनन्। उनीहरू चाँडै विवाह बन्धनमा बाँधिने बताइएको छ।
३४ वर्षीया रिहाना र ३३ वर्षीया रकी लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूले गत वर्ष मात्रै आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका हुन्।
रिहानाले एक म्याजिनसँग कुराकानी गर्दै आफ्नो १० वर्षिय योजना सुनाएकी थिइन्। जसमा उनले बच्चा जन्माउने योजना उल्लेख गरेकी थिइन्।
‘मसँग बच्चाहरू हुनेछन्। त्यो एउटा महत्त्वपूर्ण खुशी हो, आमाबाबु र बच्चाबीच एक मात्र स्वस्थ सम्बन्ध हो। जसले बच्चा हुर्काउछ, त्यो साँच्चै प्रेम हो,’ उनले भनेकी थिइन्।