कोलम्बियन गायिका शाकिराविरूद्ध कर छलीको आरोप लागेको छ।
बिबिसीका अनुसार उनले २०१२ देखि २०१४ सम्म आयकर बुझाएकी छैनन्। उक्त आरोप प्रमाणित भयो भने उनलाई ८ वर्ष जेल सजाय हुने बताइएको छ।
स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड (नेपाली रुपैयाँ) बराबरको कर छली गरेको आरोपमा उनीमाथि ८ वर्षको जेल सजाय माग गरेका छन्। उनीविरूद्ध स्पेन सरकारलाई धोका दिएको आरोप छ।
शाकिराकाे पिआर अफिसरका अनुसार उनीविरूद्ध लागेकाे आराेप गतल हाे। यस्ता मुद्दालाई शाकिरा अधिकारकाे उल्लंघन मान्छिन्।
४५ वर्षिय गायिका शाकिराले उक्त अवधिमा स्पेनमा नबसेको दाबी गरेकी छन्। उनले २०१२ मा बार्सिलोनामा एक घर किनेकी थिइन् जहाँ उनी पूर्वपति जेराई पिकसँग बस्दै आएकी थिइन्।
केही समयअघि शाकिरा र उनका प्रेमी तथा स्पेनका फुटबलर जेराई पिकेले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए। उनीहरूले १२ वर्षको प्रेम सम्बन्धलाई टुंगाएका हुन्।