नेपालका विवश उप्रेतीले गायन रियालिटी शो 'द भ्वाइस पोर्चुगल' को तेस्रो संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन्।
उनले क्रिस स्टेपलटनको ‘टेनेसी ह्विस्की’ बोलको गीत गाएका थिए। उनी ब्लाइन्ड अडिसनमा चारै जना कोचको कुर्सी घुमाउन सफल भएका छन्। साथै कोचहरूले उनको गायनको तारिफ गरेका थिए।
उनको प्रस्तुतिपछि कोच काराेलिना, डिनाे, डिओगाे र मिरिसा लिजले आफ्नो टिममा आग्रह गरेका थिए। उनले आफ्नाे काेचकाे रूपमा डिओगाेलाई छनाेट गरेका छन्।
उनी केही वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन्।
‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले चर्चा बटुलिरहेकी छन्। हालै उनले ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड हुँदै नकआउट राउण्ड पनि जितिसकेकी छन्।