हलिउड अभिनेता सीन पेनले आफूले जितेको अस्कर अवार्ड युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई उपहार दिएका छन्।
द गार्डियनका अनुसार उनले आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्। पेनले सन् २००३ मा ;'मिस्टिक रिभर' र २००८ मा 'मिल्क' का लागि दुई उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
जेलेन्स्कीले उक्त भिडिओ आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेका छन्।
'यो तपाईंका लागि हो। आफूले जितेको अवार्ड तपाईंलाई दिनु मूर्खता हो। तर मलाई थाहा छ यो अवार्ड तपाईंसँग भयो भने रुसीविरुद्धको लडाइँमा आफूलाई राम्रो र बलियो महसुस गर्नेछु,' पेनले उक्त अवार्ड दिँदै भनेका छन्।
सुरुमा युक्रेनका राष्ट्रपति अवार्ड लिन अस्वीकार गर्छन्। अभिनेता पेनले मूर्तिको रुपमा अवार्ड लिन आग्रह गरेपछि उनले अवार्ड स्वीकार गर्दै भने, 'यो युद्धको अन्त्यसम्म युक्रेनमा हुनेछ।'
राष्ट्रपति जेलेन्सकीले पेनलाई युक्रेनको समर्थन गरेकोमा धन्यवाद दिँदै 'अर्डर अफ मेरिट' बाट सम्मानित गरेका थिए।