विश्व प्रसिद्ध ६५ औं ग्रामी अवार्डको मनोनयन घोषणा गरिएको छ।
मंगलबार सार्वजनिक गरिएको मनोनयनमा केही परिवर्तन गरिएको छ। यस वर्ष एकेडेमीले वर्षको उत्कृष्ट गीत लेखक, सामाजिक परिवर्तनका लागि विशेष गीतसहित पाँच नयाँ विधा थपेको छ।
सञ्चारमाध्यम पिचफाेर्कका अनुसार सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन्। उनी ‘द ब्रेक माई सोल्डबाट रेकर्ड अफ द इअर, रेनेसान्सबाट एल्बम अफ द इअर, द ब्रेक माई सोल्डबाट सङ अफ द इअर, द ब्रेक माई सोल्डबाट बेस्ट डान्स/इलेक्ट्रोनिक रेकर्डिङ, रेनेसान्सबाट बेस्ट डान्स/इलेक्ट्रोनिक म्युजिक एल्बम, भिर्गोस ग्रोभबाट बेस्ट आर एण्ड बि पर्फमेन्स, प्लास्टिक अफ द सोफाबाट बेस्ट टेडिस्नल आर एण्ड बि पर्फमेन्स, कफ इटबाट बेस्ट आर एण्ड बि सङ, ब्रेक माई सोल्डबाट बेस्ट रेमिक्स्ड रेकर्डिङ गरी ९ विधामा मनोनित भएकी हुन्।
वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार ८ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात–सात विधामा मनोनित भएका छन्। ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डिजे खलिद र र्यान्डी मेरिल समान चार-चार विधामा छानिएका छन्।
यस वर्ष ग्रामी अवार्डमा बियोन्से र लामारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
ग्रामी अवार्ड ५ फेब्रुअरी २०२३ लस एन्जलसमा हुनेछ।
ग्रामी अवार्डकाे पूर्ण सूची यहाँ हेर्न सकिन्छ।