अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म 'द च्यालेन्ज' को ट्रेलर सार्वजनिक भएको छ।
आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको केही सिन अन्तरिक्षमा छायांकन गरिएको छ।
अन्तरिक्षमा फिल्म छायांकन गरेर रुसले नयाँ इतिहास राखेको छ।
फिल्ममा एक महिला डाक्टरको कहानी देखाइएको छ। उनी एक अन्तरिक्ष यात्रीलाई बचाउन अन्तरिक्ष जान्छिन्। यो फिल्मको छायांकन सुरु हुँदा नासाले ट्वीट गरेर जानकारी दिएको थियो।
फिल्मकी अभिनेत्री युलिया पेरसिल्ड र अन्तरिक्ष यात्री एन्टोन श्काप्लेरोवले १२ दिन अन्तरिक्षमा बिताएका थिए।
यो फिल्म अन्तरिक्षमा छायांकन भएसँगै 'मिशन इम्पोसिबल' को रेकर्ड तोडिएको छ। ‘मिशन इम्पोसिबल’ अन्तरिक्षमा छायांकन गरिने पहिलो फिल्म बन्ने फिल्मकर्मीकाे अपेक्षा थियो।
'मिशन इम्पोसिबल' अन्तरिक्षमा छायांकन गर्ने घोषणा गरेको ४ महिनापछि 'द च्यालेन्ज' को घोषणा गरिएको थियो तर प्रदर्शन मिति सारिएपछि रेकर्ड राख्न चुकेको छ।
फिल्म 'द च्यालेन्ज' मा युलिया पेरेसिल्ड, एन्टो श्कापलेरोभ, मिलोस बिकोविच, भ्लादिमिर माश्कोभ, ओलेग नोवित्स्की, प्योटर डुब्रोभ, एलेना भल्युश्किना, वरवारा वोलोडिनालगायत कलाकारको अभिनय छ।
क्लिम शिपेन्कोले निर्देशन गरेको फिल्म अप्रिल १२ देखि प्रदर्शन हुनेछ।