तपाईंहरूलाई थाहा छ नराम्रो फिल्मलाई पनि अवार्ड दिइन्छ? गोल्डन रास्पबेरी अवार्ड (राज्जी अवार्ड) ले ४३ वर्ष अघिदेखि हरेक वर्ष नराम्रा फिल्मलाई अवार्ड दिँदै आएको छ।
बिबिसीका अनुसार यस अवार्ड अस्कर अवार्ड वितरण हुने अघिल्लो दिनमा दिइन्छ। तर यस अवार्ड कमै फिल्मकर्मीहरूले स्वीकार गरेका छन्।
हालै राज्जी अवार्डले आफ्नो ४३ औं संस्करणको मनोनयन सार्वजनिक गरेको छ। राज्जीले नौ विधामा मनोनयन सार्वजनिक गरेको हो।
खराब फिल्मको सूचीमा एना डे आरमस अभिनीत फिल्म ‘ब्लोन्ड’ को वर्चश्व छ। यस फिल्मले ८ विधामा मनोनयन पाएको हो।
यो मर्लिन मुनरोको बायोपिक फिल्म हो। उनी अमेरिकी अभिनेत्री तथा गायिका हुन्। मर्लिनको जीवनीलाई नराम्रो तरिकाले प्रस्तुत गरेको भन्दै राज्जी अवार्डका जुरीले खराब फिल्म, खराब निर्देशक, पटकथा, खराब रिमेक र खराब जोडीलगायत ८ विधामा मनोनयनमा पारेको छ।
'ब्लोन्ड' पछि र्यापर तथा गायक मेसिन गन केल्लीको कमेडी फिल्म 'गुड मर्निङ' ७ विधामा मनोनयनमा परेको छ। खराब फिल्म, खराब निर्देशक, खराब पटकथा, खराब सहायक अभिनेतालगायत ७ विधामा मनोनय परेको हो।
यस अवार्डले दुई पटक अस्करमा उत्कृष्ट अभिनेताको अवार्ड जितिसकेका टम ह्यांक्सलाई समेत मनोनयन गरेको छ। उनी तीन विधामा खराब अभिनेताको मनोनयनमा अटाएका छन्। टम ह्यांक्स अभिनीत ‘पिनोचे’ ६ विधामा मनोनयनमा परेको छ भने यही फिल्मबाट टम खराब अभिनेताको मनोयनमा परेका हुन्।
टम ‘एल्भिस’ बाट सहायक अभिनेता विधातर्फ खराब अभिनेतामा मनोनित छन्।