अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान श्रीमती तथा प्रथम महिला मेलानिया ट्रम्पसँग सम्बन्ध सुरु गर्नुअघि हलिउड नायिका सल्मा हाइकलाई डेटिङ प्रस्ताव गरेका थिए।
मेक्सिकोमा जन्मिएकी चर्चित नायिका सल्माले उक्त कुरा ‘टक शो’ कार्यक्रम ‘डेली सो विथ ट्रेवोर नोहा’ मा खुलाएकी हुन्।
ट्रम्पसँग उनको पहिलो भेटमा एक पार्टीमा भएको थियो।
‘धन्न, उनले मलाई पक्रने कोशिश गरेनन्,’ ५० वर्षिया सल्माले ३३ वर्षिया टक शो होस्टलाई भनिन्, ‘त्यो बेलामा म आफ्नो ब्वाईफ्रेन्डसँग थिएँ।’
सल्माले उक्त कुरा बताउँदा दर्शक हाँसे र ताली बजाए।
उनका अनुसार पार्टीमा सल्मालाई देखेर ट्रम्पले ‘हेलो’ भने। पातलो कपडा लगाएकी सल्माले जाडो महशुस गरेको देखेर ट्रम्पले आफ्नो कोट सल्मालाई लगाइदिए।
‘कतो राम्रो, सुपर नाइस,’ पहिलो भेटका क्रममा ट्रम्पका बारे आफूले बनाएको ‘इम्प्रेसन’का बारे सल्माले भनिन।
त्यसपछि भने ट्रम्पले सल्माभन्दा उनका ब्वाईफ्रेन्डसँग निरन्तर कुरा गर्दै गए। उनीसँग दोस्ती बढाए।
‘उनले हामीलाई सँगै डिनरमा बस्न निम्ता दिए,’ सल्माले भनिन, ‘डिनरमा पुरै समय मेरो ब्वाईफ्रेन्डसँग कुरा गरे।’
त्यसपछि ट्रम्पले सल्मा र उनको ब्वाईफ्रेन्डलाई एटलान्टिक सिटी (रिसोर्ट सिटी)मा आमन्त्रण गरे र दुबैसँग मोबाइल नम्बर आदान–प्रदान गरे।
तर फोन नम्बर लिएपछि भने उनले सल्माका ब्वाईफ्रेन्डलाई कहिल्यै फोन गरेनन्, केवल सल्मालाई मात्र फोन गरिरहे।
‘अब उनले मलाई मात्र फोन गर्न थाले र घुम्न जाऊँ भन्न थाले। मैले भने–मेरा ब्वाईफ्रेन्ड छैनन्? म पागल छु र? तपाईंलाई थाहै छ मेरा ब्वाईफ्रेन्ड छन्।’
त्यसपछि ट्रम्पको जवाफले आफूलाई आश्चर्यमा पारेको उनले बताइन्।
‘तिम्रा ब्वाईफ्रेन्ड तिमीलाई सुहाउने किसिमका छैनन्। उनी महत्वपूर्ण मानिस होइनन्। उनको व्यक्तित्व तिमीसँग मिल्दैन,’ ट्रम्पले भने।
आफ्ना ब्वाईफ्रेन्डलाई होच्चाएको सल्माले मन पराइनन्।
सल्मा अमेरिकी राष्ट्रपति ट्रम्पकी आलोचक हुन्। आफ्नो जन्मभूमि मेक्सिको र अमेरिकबीच पर्खाल लगाउने कुराको पनि उनले विरोध गरेकी छन्।
अमेरिकी सरकारले बरु आप्रवास नीतिमा सुधार गर्नु पर्ने उनको राय छ।