हलिउडको चर्चित जोडी किम कार्डाशियन र कान्ये वेष्टले तेस्रो बच्चालाई जन्म दिने भएका छन्। तर, अहिले भने उनीहरूले सामान्य प्रक्रियाबाट नभई सरोगेसी (कोख भाडामा लिएर) को मद्दतले बच्चा जन्माउने भएका हुन्। टिएमजेड डट कमले कार्डाशियनको पारिवारिक श्रोतलाई उदृत गर्दै लेखेको छ, कार्डाशियन र वेस्ट दम्पतीले तेस्रो बच्चालाई जन्म दिन १ लाख १३ हजार अमेरिकी डलर करिब (१ करोड १७ लाख) रुपैयाँ खर्चिन लागेका छन्।
किम कार्डाशियन ‘प्लेसेन्टा एक्रेटा’ नामको समस्याबाट ग्रसित छिन्। यसैकारण अर्को बच्चालाई जन्म दिँदा उनलाई खतरा हुने सम्भावना भएकाले उनीहरुले सेरोगेसीमार्फत् बच्चा जन्माउने निर्णय गरेका हुन्।
यसका लागि उनीहरुले एजेन्सीको सेवा लिएका छन्। उनीहरुले सेरोगेसीको सेवा लिएबापत एजेन्सी र कोख भाडामा दिने महिलालाई निश्चित रकम तिर्नेछन्।
आफ्नो कोख भाडामा लगाएबापत महिलाले गर्भावस्थाको बेला धुमपान, मद्यपान र मादक पदार्थको सेवन गर्न पाउने छैनन्। बच्चालाई जन्म नदिँदासम्म तातो पानीका लागि ‘हट बाथ टब’ र हरेक दिन काँचो माछा खानु पर्नेछ। हेयर डाई प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ।
कार्डाशियन र वेस्ट दम्पतीको यसअघि ४ वर्षीय छोरी नर्थ र १८ महिनाका छाेरा सेन्ट छन्।