रियालीटी टीभीकी रानी किम कार्डासियनले एक साथीसँग मिलेर एउटा लिपिस्टिक चोरी गरेको बताएकी छन्। उनले आफ्नो आधिकारिक वेवसाईट मार्फत ११ वर्षको हुँदा आफ्नी फेसन डिजाइनर साथीसँग मिलेर लिपिस्टिक चोरी गरेको उल्लेख गरेकी छन्।
उनका अनुसार बच्चैबाट नै उनलाई राम्री देखिन मन लाग्थ्यो। उनले आफु र निकोल ११ वर्षको हुँदा एउटा पसलमा गएर लिपिस्टिक चोरी गरेको अनुभव वेबसाइटमार्फत साटेकी हुन्। उनले त्यो लिपिस्टिकको रङ्ग हल्का खैरो भएको र रेभलोन ब्रान्ड भएको बताइन्।