गायन क्षेत्रलाई आफ्नो करिअर बनाउन चाहनेहरुको लागि आयोजना हुने सांगीतीक कार्यक्रमलाई अवसरको रुपमा लिने गरिन्छ।
अहिले नेपालमा नेपाल आइडल कार्यक्रम चलिरहेको छ र टप पाँचको छनौट पनि भइसकेको छ।
यही आइडल मार्फत आफ्नो सांगीतीक करिअरअगाडी बढाउन संगीत प्रेमीहरुले निकै मिहेनत गरे। तर कति संगीत प्रेमीले निकै प्रयास गर्दा पनि नेपाल आइडलमा सहमागीता समेत जनाउन पाएनन्।
आफ्नो लागि खुट्किलो मान्ने नेपाल आइडलमा राम्रा राम्रा गायक र गायिका छनौट नभएका उदाहरण पनि छन्। तर जीवनको असफलता एउटा कार्यकमबाट बाहिरिनुले मात्र मापन गर्दैन। नेपाल आइडलमा पनि राम्रा गायक बाहिरिँदा उसको भविष्य सकिएको हैन अब सुरु भएको भनी हजारौं दर्शकले प्रतिक्रिया दिएका छन्।
नेपाल आइडल सुन्नासाथ हामी इन्डियन आइडल पनि सम्झन्छौं। तर यसको सुरुवात सन् २००२ मा अमेरिकन आइडलबाट भएको थियो।
अमेरिकाको एबीसी च्यानलले प्रसारण गरेको यस गायन प्रतियोगीता कार्यक्रमले रातारात निकै लोकप्रियता पाउन थाल्यो। अमेरिकन आइडलको लोकप्रियता यति थियो की पहिलो चरणमा छनौट भएर अघिल्लो चरणमा जानेले जितेपनि नजितेपनि प्रतियोगीको भविष्य भने स्टार बनिसक्थे।
तर विश्वमा त्यस्ता गायक गायिका छन् जसले अमेरिकन आइडलको छनोट चरणबाट बाहिरीएर पनि जीवनमा गायन क्षेत्रमै निकै सफलता पाएका छन्।
मेरी ल्याम्बर्टः
१६ वर्षको उमेरमा उनले अमेरिकन आइडलमा सहभागीता जनाएकी थिइन्। तर उनी पहिलो चरणबाटै बाहिरिइन्। तर उनले हिम्मत भने हारिनन्। आज उनको करौडौं फ्यान छन्।
एम्बर रिलेः उनले १७ वर्षको उमेरमा अमेरिकन आइडलमा सहभागिता जनाएकी थिइन्। तर उनले अडिसन राउण्ड पार गर्न सकिनन्। तर उनी आज अमेरिकाको प्रख्यात गायिका हुन्।
अलन रिच्सनः उनी नाम कमाएका मोडल र गायक थिए तर उनी पनि अमेरिकन आइडलको पहिलो चरणबाटै बाहिरिएका थिए। आज उनी सफल अभिनेता, मोडल र गायक हुन्।
मिकी गाइटनः अमेरिकन आइडलको पहिलो चरणबाटै उनी बाहिरिएकी थिइन्। तर उनी अहिले सफल गायिका र गीत लेखिका हुन्।
टोरी केलीः अहिले करौडौं फ्यान छन् टोरि केलीको । तर जब उनले अमेरिकन आइडलमा भाग लिएकी थिइन् उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्।
हिलारी स्कटः स्कट चर्चित अमेरिकी गायिका हुन् । तर उनी दुई पटकसम्म अमेरिकन आइडलको अडिसन राउण्डबाट बाहिरिएकी थिइन्।
कोल्बिट कलेटः अमेरिकन आइडल को अडिसनमा कोल्बिटले दुई–दुई पटक प्रयास गरेकी थिइन्। दुवै पटक असफल भइन्। तर उनी अमेरिकामा लोकप्रिय गायिका हुन्।
कोल्टन सोनः कोल्टन आफ्ना भाइको साथमा अमेरिकन आइडलमा अडिसन दिन गएका थिए। उनी पनि छनोट चरणबाट बाहिरिए। आज उनी गायन क्षेत्रमा सक्रिय छन्।