हलिउड पप गायिका तथा कप्पोजर निकोल शर्जिगर अहिले करोडौं सम्पत्तिकी मालिक हुन्। तर उनको जीवन त्यति सोचे जस्तो सजिलो थिएन सुरुवाती दिनमा। उनले जीवनको एउटा मोडमा पैसाको लागि आफ्नो रगत पनि बेच्न बाध्य भएकी थिइन्।
उनले एक अन्तर्वार्तामा आफु गायिका बन्नुअघि जीवनमा गर्नुपरेको संर्घषको खुलासा गरेकी छन्। फीमेलफर्स्ट डट को डट यूके का अनुसार पप गायिका निकोलले एक अन्तर्वार्तामा जीवनमा पैशाको लागि रगत बेचेको खुलासा गरेकी हुन्। उनीसँग त्यो समयमा पढ्नको लागि पैशा नहुने र पढ्ने खर्च निकाल्न पटक पटक रगत बेच्नुपरेको बताइन्।
निकोलका अनुसार उनको परिवारसँग उनलाई पढाउनको लागि पैशा थिएन तर उनी पढ्न चाहन्थिन्। यसैकारण उनी आफ्नो रगत बेच्ने गर्थिन्। उनले आफ्नो परिवारको आयस्तर निकै न्यून भएको कारण खानको लागि आफुले पनि काम गर्ने तर निकै थोरै पैशा मिल्ने गरेको बताइन्।
स्कुलको पढाइसकेपछि उनले कलेजमा पढ्दा मेकअप काउन्टरमा पनि काम गरिन्। त्यसपछि उनले एक इटालियन रेस्टुरेन्टमा ओपेरा गायर आफ्नो पढाइ खर्च थालिन् र आफ्नो परिवारको मद्दत पनि गर्न थालिन्।
निकोलको अनुसार उनी कलेजको सबैभन्दा गरीब केटी थिइन्। तर उनले आफ्नो सपना साकार बनाउन रगत बेच्नुको साथै निकै मिहेनत पनि गरिन्।