हलिउड अभिनेता ब्राड पिट हिजोआज २१ वर्षीय अभिनेत्रीको पछि लाग्न थालेका छन्।
उनी आफ्नो पुर्व पत्नी एन्जेलिना जोली जस्तै अनुहार भएकी २१ वर्षीय अभिनेत्री एला पर्नेलको पछि लाग्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१४ मा पर्नेलले फिल्म 'मेलफिसंट' मा एन्जोलिना जोलीको बालापनको भूमिका निर्वाह गरेकी थिइन्।
फिल्म 'चर्चिल'मा पनि उनको भूमिकाको निकै प्रसंशा भएको थियो।
अब ब्राडले आफ्नो प्रोडक्सन हाउस प्लान बी मा फिल्म 'स्वीटबिटर'को निर्माण गर्दैछन। जहाँ एला पर्नेललाई मुख्य भूमिका दिइएको छ। यो फिल्म न्यूयोर्क शहरको एक वेट्रेसको कथामा आधारित उपन्यासमा आधारित छ।
एक सुत्रका अनुसार शुरुवाती दिनदेखि नै एलामाथि ब्राडको नजर थियो। एलालाई फिल्ममा लिने पनि ब्राडकै निर्णय अनुसार भएको थियो। ब्राडले एलालाई दिएको स्पेस र महत्वले एला पनि निकै खुसी देखिएकी छन्।
एलाले पनि ब्राड आफ्नो बच्चा देखिकै क्रस सेलिब्रेटी भएको बताएकी थिइन्।

ब्राडको एलाप्रतिको झुकाव र उदारतादेखेर ब्राडकी पुर्व पत्नी एन्जेलिना भने निकै रुष्ट भएको स्रोतले बताएको छ।
हुन त जोली ब्राडको कुनै केटीसँगको नजिकपन मन पराउँदिनन्। तर आफ्नो फिल्ममा टीनएज भूमिका निभाएकी केटीसँग ब्राडले काम गरेको पटक्कै रुचाएकी छैनन्। आफ्नो ठुलो छोरा भन्दा मात्र ५ वर्ष जेठी युवतीसँग जोडी बनेर ब्राडले काम गर्न नसुहाउने भन्दै असन्तोष व्यक्त गरेको जोलीको निकट स्रोतले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
ब्राड पिटसँग छुट्टिएपछि एक्लै भएकी एन्जेलिना जोलीले एक्लोपनबाट खुसी नभएको बताउँदै आएकी छन्। उनी अहिले आफ्नो ६ वटा बच्चा स्याहारेर बस्छिन्।
जोलीले पछिल्लो वर्ष सेप्टेम्बरमा डिर्भोसको केस फाइल गरेकी थिइन्। उनले ब्राडलाई कुनै युवतीको जालमा परेर आफुलाई वास्ता नगरेको र आफ्नो बच्चाको लागि योग्य पिता बन्न नसकेको आरोप लगाएकी थिइन्।

पिट र जोली सन् २००४ देखि साथमा थिए र दुई वर्षअगाडी मात्र विवाह गरेका थिए। उनीहरुको ६ वटा बच्चा छन्।
श्रीमती एन्जेलिना जोलीसँग छुट्टिएपछि ब्राडले अभिनेत्री सिएना मिलरसँग डेट गरिरहेको खबर पनि सार्वजनिक भएको थियो। ब्राड र उनकी नयाँ गर्लफ्रेन्ड सिएना छुट्टि मनाउन ग्लासटनब्रीको भिआईपी क्षेत्रमा गएको बेला उनीहरुबीच निकै सामिप्यता देखिएको थियो।
पिट पूर्व श्रीमती अभिनेत्री जेनिफर एनिस्टनसँग डिभोर्स गरेर जोलीसँग लिभ इन रिलेशनमा बसेका थिए। एन्जेलिनासँग छुट्टिएपछि पिटले जेनिफर एनिस्टनसँग आफ्नो दुर्व्यवहारको लागि माफि मागेका थिए।
एन्जेलिना र ब्राड छुटीएपनि उनीहरुको डिभोर्स अझै प्रक्रियामै छ।