केही दिन अगाडि म चितवनबाट काठमाडौं आएको हुँ। चितवनबाट छुटेको गाडी खाजा खानको लागि सामान्यतया मलेखुमा रोक्छ। म त्यहाँ ओर्लिएर नास्ता गरे। गाडीमा चढ्नु अगाडि जुस किन्न भनेर होटलमा रहेको कोल्डस्टोरमा पुगेँ र क्यान जुस मागे।
पसलले उक्त क्यान जुसको १ सय रुपैयाँ भन्यो। काठमाडौमा मैले त्यही क्यान जुस ८० रुपैयाँमा खाइरहेको थिएँ। पसले झुक्यिोकी भनेर मैले यो जुसको त ८० रुपैयाँ मात्र हो त भन्दा पसलेले झोक्किदै भने ‘मनलागे लानु नलागे नलानु यत्ती नै हो यसको रेट’ भन्यो।
राजमार्गको होटल र पसलहरुको यस्तो ज्यादती कहिलेसम्म ? सम्बन्धित निकायको ध्यान जाओस्।