तरकारी किन्न धेरैजसो म आफै जान्छु। एकदिन अलि ढिलो भयो र करिव ९ बज्न लाग्दा मैतिदेबी चोकका तरकारी पसल पुगे त्यहाँबाट एक किलो काउली किने र घर गए। संयोगबस मेरो छिमेकीले पनि काउलीनै किन्नु भएको रहेछ। मैले ५० रुपैयाँमा किनेको काउली उहाँले ६० रुपैयामा किन्नु भएको रहेछ। पसल बन्द हुने बेलामा सामान सक्न भनेपनी उनीहरुले सस्तोमा बेच्ने रहेछन्।