सप्तरीको पेडाको स्वाद चाख्ने इच्छा पूर्वतिर घुम्न आएका जोकसैको हुन्छ। पूर्वका साथीभाइ वा आफन्त काठमाडौँ आउँदा पनि कोसेलीका रुपमा धेरैले पेडा ल्याउने गर्दछन्।
म आफै पनि काठमाडौँ र घर (इटहरी) ओहोर दोहोर गर्दा बर्मजियामा पेडा किन्ने गर्छु। तर पछिल्लो समय भने यहाँको पेडा चिनी र पिठोको डल्लो जस्तो लाग्न थालेको छ।
हुनत पेडा भनेको दुधलाई उमालेर कुराउनी पकाएजसरी नै तयार पारिने परिकार हो तर नाफा कमाउने उद्देश्यले यहाँका व्यापारीहरुले थोरै दुधमा चिनी र पिठो धेरै हालेर पेडा भनी बेचिरहेका छन्।
पेडा भन्ने बित्तिकै सम्झिने बर्मजिया वा सप्तरीका व्यापारी आफैंले मिसावट गर्न थालेपछि यहाँको साख अब कसले जोगाउने होला?