म वैदेशिक रोजगारीको सिलसिलामा मेलेसियाको राजधानी क्वालालम्पुरमा विगत २ वर्षदेखि बस्दै आएको छु।
मेलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको प्रमूख गन्तव्य हो। त्यसैले यहाँ आउनु अघि यहाँको बजार भाउको पनि राम्रै जानकारी राख्नु आवश्यक हुन्छ।
मलेसियामा साग सब्जी साह्रै महँगो छ। यदि निशुल्क व्यवस्था नभएमा कमाएको पैसाको धेरै हिस्सा त खानामै जान्छ।
एक केजी सामान्य खालको चामलको मूल्य मात्र ३ रिङगेट अर्थात करिब ७५ रुपैयाँ पर्छ। एक मुठा सागको २ रिङगेट अर्थात करिब ५० रुपैयाँ पर्छ। यीबाहेक अन्य तरकारी प्रतिकेजी २ सय देखि साढे २ सय रुपैयाँसम्म पर्ने गर्दछ।
हाल म कार्यरत रहेको कम्पनीले खाना नखुवाउने हुँदा आफ्नै पैसाले खानुपर्ने अवस्था छ। यस्तो अवस्थामा कमाएको पैसा पनि बचाउन निकै गाह्रो हुने रहेछ।
त्यसकारण मलेसिया आउनुअघि नेपाली युवाहरुले खानाको व्यवस्था कम्पनीले गर्ने नगर्ने कुरालाई आधार बनाएर दिइने तलव मूल्याङ्कन गरेर मात्रै आउनुहोला।