मैले पोहोर साल मैतिदेवीको एक पसलबाट ३ हजारमा लेदर लुक्स ज्याकेट किनेको थिएँ।
हिजोआज काठमाडौमा जाडो बढेसँगै एउटा पातलो ज्याकेट किन्ने सोचले त्यहीँ पसल गएँ।
मैले पोहोर साल किनेको मोडलको ज्याकेट पनि त्यही रहेछ। यसपालि त्यसको मूल्य घटाएर भन्छ की भनेर सोधिहालेँ। पसलेले त ४ हजार पो त भन्यो। अन्तिम मूल्य कति भनेर सोध्दा ३५ सय भन्यो। अघिल्लो वर्षको स्टक मालको समेत मूल्य बृद्धी गर्ने ब्यापारीलाई के भन्नु र। म नलिइकन फर्किएँ।