आयल निगमले १२ बजेदेखि लागू हुनेगरी गत बुधबार पेट्रोलियम पदार्थको भाउ बढायो। निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र ग्यासको सिलिण्डरमा २५ रुपैयाँ बढाएको थियोे।
मोटरसाइकलमा तेल सकिएकाले भोलिपल्टै बिहान मैले ५ लिटर पेट्रोल हालेँ।
तर त्यसको केही घण्टा नबित्दै निगमले प्रधानमन्त्रीको निर्देशन पश्चात पुनः पुरानै मूल्य कायम गरेछ। सिधै हिसाब गर्ने हो भने मबाट मात्र १० रुपैयाँ निगमले बढी असुल्यो।
म जस्तै अन्य धेरैले बढेको मूल्य अनावश्यक रुपमा तिर्नुपर्यो। भाउमा एकरुपता बनाउनुपर्नेमा घरी बढाउने र घटाउने गर्दा म जस्ता थुप्रैले तिर्नुपरेको बढी रकम फिर्ता पाउनुपर्ने हैन र ?