म त्रिचन्द्र क्याम्पसको बिएसी चौथो वर्षको विद्यार्थी हुँ। म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु।
तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।
भान्साका सबै सामान एउटै पसलमा नपाइने हुँदा फरक फरक पसल जानुपर्ने हुन्छ। सामान नकिनी नहुने मलाई त ब्यापारीहरुले हरेक भान्साको समानमा आफूखुसी मूल्य बढाउँछन् जस्तो लाग्छ।
उपभोक्ता ठगिने गरेको भनेर दसैँ तिहारमा मात्र सम्वन्धित निकायबाट अनुगमन हुन्छ। यस्तो अनुगमन महिनैपिच्छे भए हुन्थ्यो जस्तो लाग्छ।