डाटा नलिइकन मोबाइलबाट इन्टरनेट चलाउँदा निकै धेरै पैसा काटेको महसूस हुन लागेको छ। प्रायः म साँझपख मोबाइलबाट फेसबुक चलाउँछु। नेपाल टेलिकम र एनसेल दुवैको सिम एउटै फोनमा छ।
कहिले टेलिकम त कहिले एनसेलबाट इन्टरनेट चलाउँछु। दुवैबाट पैसा धेरै काटिने गरेको छ। कहिलेकाहीं त ५ मिनेट फेसबुक चलाउँदा नै लगभग ५० रुपैयाँ काटिन्छ। अचेल इन्टरनेट फास्ट त चल्छ, तर पैसा धेरै काटियो।