मलाई पहिले–पहिले ठेलामा राखेको खानेकुरा खान डर लाग्थ्यो। बिरामी परिन्छ कि भनेर खान्न थिएँ। मेरो कलेज अगाडि ‘चौरी क्याफे’ नामको होटल छ।
सधै जाने होटल भएकोले संचालक राम दाइले गर्ने सरसफाइबारे पनि राम्ररी थाहा थियो। राम दाइले बेलुका–बेलुका नयाँ बानेश्वरमा ठेलामा पनि ब्यापार सुरु गर्नु भयो। उहाँले मम र अन्य आइटमहरु राख्नुहुन्थ्यो।
विश्वासिलो मान्छेले ठेला राखेको हुनाले त्यहाँ खान मलाई कुनै संकोच भएन। उहाँले बनाएको ममः स्वादिलो लाग्थ्यो। कहिले काँही अरु ठाउँमा जाँदा पनि सफा देखेमा ठेलामा राखेको खानेकुरा म खान थालेको छु।
त्यसैले सफा छ भने ठेलाको खानेकुरा पनि खाँदा केही फरक पर्दैन। रामदाइले बनाएको मम स्वादिलो मात्रै नभई मिठो पनि छ। कहिलेकाही बाहिर जाँदा समेत म सम्झने गर्छु, ‘सस्तो तथा मिठो त्यो ठेलाको मम।’