चितवनको बकुल्लहरमा मेरो ‘द स्टार कलेक्सन’ नामको फेन्सी पसल छ। चितवनमा छोटो समय मात्र जाडो हुन्छ।
केही समय अगाडि मध्य जाडोमा बाक्ला कपडाको राम्रो बिक्रि भयो तर अहिले यस्ता कपडा नगन्य रुपमा विक्री भएका छन्।
माघको मध्य नहुँदै ज्याकेट, सोयटरको सट्टा अलि पातला आउटरको बिक्री सुरु भएको छ। जाडोका कपडाको सिजन यो वर्षलाई समाप्त भएजस्तो लागेको छ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष जाडोका कपडा कम मात्रामा बिक्री भए।