लुगाफाटाको मूल्यमा मैले नेपाल र दुबइमा खासै धेरै फरक पाइनँ। नेपालबाट करिब ८ महिना अगाडि दुबई आउँदा मैले जिन्स पाइन्टको १४ सय प्रतिपिस र एउटा सर्टलाई ८ सयदेखि रुपैयाँ मूल्य हालेर किनेको थिएँ।
दुबइ आएपछि यहाँको सामान्य पसलमा मैले एउटा जिन्सको पाइन्ट र सर्टको मूल्य सोध्दा समेत लगभग नेपालकै जस्तो पाएँ। यहाँको सामान्य पसलमा एउटा जिन्स पाइन्टको मूल्य ५५ दिराम अर्थात १५ सय ३० रुपैयाँ तथा र एउटा सर्टको ३० दिराम अर्थात ८ सय ३० रुपैयाँ भनेर पसलेले बताए।
उसो त यहाँको सपिङ मलको मूल्य छोइ नसक्नु छ तर हामी कमाउन आएका नेपालीले मलहरुमा गएर किन कपडा किन्नु पर्यो र? जति सक्दो धेरै पैसा कसरी बचत गर्न सकिन्छ भन्ने नै हाम्रो ध्यान रहन्छ।
सामान्य पसलहरुमा किन्दा मूल्य उस्तै छ। त्यसकारण रोजगारीको लागि दुबइ आउने नेपालीहरुले कपडा उतै किनेर ल्याउनु आवश्यक देख्दिनँ।