दसैँका बेला जुत्ता तथा कपडाको व्यापार राम्रो हुने गरेको छ। अरु बेलाभन्दा यो बेला मेरोबाट हुने कारोबार तेब्बर बढी हुने गर्दछ। अरु बेला दैनिक ४/५ हजारको कारोबार हुन्छ भने यो बेला १४/१५ हजारको कारोबार हुने गर्दछ।
खासगरी जुत्ता, सर्ट, पाइन्ट र टिसर्ट मैले बढी बेच्ने गर्दछु। दसैँका बेला नयाँ कपडा तथा जुत्ता लगाउनुपर्छ भन्ने एउटा धारणाले पनि यस्तो भएको हुन सक्छ। अर्कोतर्फ सर्वसाधारणसँग दसैँका बेला पैसा पनि हुन्छ।
विदेशमा भएका आफन्तीहरुले पनि दसैँ मनाउन भनेर पैसा पठाउँछन्। दसैँ मनाउने भनेकै राम्रो लगाएर र मिठो खाएर हो भन्ने धारणाले यो बेला व्यापार बढेको हो।