मेरो पुर्ख्याैली पेसा माटोका भाडा बनाउने हो। भक्तपुरको पोट्री स्क्वाएरमा मेरो प्रजापति पोट्री शिल्ड एण्ड ट्रफी इन्डस्ट्री नामको पसल छ। तिहारको बेलामा पालाको अत्याधिक माग हुनेगर्छ। तर पाला बनाउन झ्याउ हुने र अरु सामानमा भन्दा पैसा कम आउने भएकोले धेरै जनाले पाला भन्दा अरु चिज बनाउन तर्फ लागेका छन्। जति बनाए पनी बाँकी रहदैन। बजारको माग पनि पुर्याउन सकिएको छैन। आजकल धेरै बिजुलीको बत्ति प्रयोग गरिएपनी पालाको प्रयोग भने नघटेको मेरो अनुभव छ।