पोहोरको तुलनामा यसपटक झिलिमिली बत्तिको मूल्य बढेको छैन। अर्डर भएका बत्ती चाँडै आउँदा अझ मूल्य घट्न पनि सक्छ।
यस्ता बत्ती खासमा चीनबाट बढी मात्रामा आउँछ। यस्ता बत्तीहरु पनि फरक फरक छन्। कुनै बत्ती तारमा साना बल्बजडित छन्। कुनै प्रतिबिम्व पार्ने बत्ती छन्। झिलिमिलीयुक्त फ्रेमहरु पनि पाइन्छ। विभिन्न रंगीचंगी आकृतिका बत्ती पनि छन्।
यो व्यापार बढी रिस्की मान्नुपर्छ। यस्ता बत्तिहरु तिहारमा मात्र प्रयोग हुने भएकोले तिहार अगावै बेच्नु पर्ने बाध्यता छ। तिहारमा बत्ती कटाउन सकिएन भने त्यो सामान बेच्न फेरी १ बर्ष पर्खनु पर्छ। एक वर्षपछि फेरि टूटफूट भएमा त्यसको क्षति त आफैले ब्यहोर्ने हो।
ग्राहकले एक पटक यस्ता बत्ती किनिसकेपछि पुनः प्रयोग गर्न सक्छन्।