म हिजो चितवनबाट घर फर्कदै थिए। मलेखुमा नास्ता गर्न रोक्यो। त्यहाँको पसलमा गएर मैले कुकिजको मूल्य सोधेँ र पसलेले ५५ रुपैयाँ भन्यो।
मैले त्यो कुकिज किनँे र एक सयको नोट दिएँ। पसललेले मलाई ४० रुपैयाँ फिर्ता दियो र ५ वटा चकलेट दियो।
मैले पसलेलाई ‘म चकलेट खादिनँ’ भनेर पैसा नै दिन आग्रह गरे तर उक्त पसलेले खुद्रा छैन भन्यो र मैले त्यो चकलेट लिनै पर्ने बाध्यता पर्यो। राष्ट्र बैंकले खुद्रा पैसा बनाउन छोडेको हो कि ब्यापारीहरु ठग्न पल्केका ? यो बिषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ।