नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनले गरेको महानगर/उपमहानगर भागबन्डामा असन्तुष्टि जनाएका छन्।
उनले चुनावी तालमेल र भागबन्डाबाट मधेस जसपालाई जिम्मा लगाउने काम भएको बताए।
बुधबार पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबन्डा गरेको छ।
निधिले चुनावी तालमेलको निर्णय पार्टी केन्द्रीय समिति बैठकको भावनाविपरीत भएको बताए।
चैत १५ मा कांग्रेस केन्द्रीय समितिले स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न सकिने निर्णय गरेको थियो।तर केन्द्रबाट उपमहानगरको पनि भागबन्डा गरेपछि निधि असन्तुष्ट छन्।
गठबन्धनले वीरगन्ज महानगर र जनकपुर उपमहानगर जसपालाई छाडेको थियो। यहाँ कांग्रेसले मेयर छाडेर उपमेयर लिने भएको छ।
गृहनगर जनकपुरको मेयर जसपाले पाएपछि निधि असन्तुष्ट छन्।