उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी भएका छन्। बस्नेतले १३ हजार ९ सय ५९ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउले ११८७३ मत पाए।
यस्तै पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९१४७ मत पाएका छन्।
यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित भइन्। उनले नेपाली काङ्ग्रेसकी सरिता राईलाई हराइन्। महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत पाइन्।
यस्तै नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६५६८ मत पाइ्न।
त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जित्यो।
त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।
त्रियुगामा निर्वाचन सकिएको ११ दिनपछि गणना सुरू गरिएको थियो। तोकिएकै समयमै मतदान भए पनि १२ नम्बर वडामा भएको विवादले मतगणना सुरू हुन सकेको थिएन। पछि निर्वाचन आयोगले यथास्थितिबाटै गणना सुरु गर्न निर्देशन दिएपछि जेठ १० गतेदेखि गणना सुरू गरिएको थियो।
यो सँगै नेपाली कांग्रेसले ३२९ पालिकामा प्रमुख पद जितेको छ। अब एउटा पालिकाको नतिजा आउन बाँकी छ।